पोखरामा क्लबस्तरीय भलिबल: पुरुषतर्फ बोहोराफाँट र नरेठाँटी गलकोट उपाधिका लागि भिड्ने
महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर भिड्ने
पाेखरा | मंसिर १३, २०८२
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् ।
पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आज (शनिबार) पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो ।
शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई २५–२०, २५–२० र २६–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा नरेठाटी युवा क्लब गलकोटले ठकुरी समाज तनहुँलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
गलकोटले तनहुँलाई २५–२२, २५–१८ र २५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
लिगचरणको आठौ खेलमा बोहोराफाँटले पोखरा युनाइटेडलाई ३–० को सेटमा पराजित गरेको थियो । लिगचरणको नवौं खेलमा नरेठाँटी युवा क्लबले एपिएफ पोखरालाई ३–२ को सेटमा पराजित गरेको थियो ।
बोहोराफाँट समाज जापान समूह ‘ए’को विजेता र ठकुरी समाज तनहुँ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थियो । भने, नरेठाँटी युवा क्लब समूह ‘बी’ को विजेता र एपिएफ पोखरा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थियो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौ वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन भइरहेको छ ।
आइतबार हुने फाइनल खेलमा पुरुषतर्फ बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब भिड्ने छन् । भने, महिलातर्फ सेकुवा हाउस बागलुङ र लालीगुराँस लामाचौर उपाधिका लागि भिड्ने प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।
पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका एपिएफ र ठकुरी समाजले नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

